|

बैतडी : डिलाशैनी गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षले चढ्ने तथा कार्यालयले अन्य प्रयोजनमा प्रयोग गर्दै आएका गाडी कोरोनाका नियन्त्रण कार्यका लागि प्रयोग गर्ने जनाएको छ।

गाउँपालिकामा रहेको एउटा एम्बुलेन्स र अन्य दुईवटा जिप कोरोना रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने गाउँपालिकाले जनाएकोछ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप दुईवटा जिप तयारी अवस्थामा राखेको र कोरोनाका जटिल खालका बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन तथा कोरोना रोकथामसँग सम्बन्धित जुनसुकै कामका लागि पनी गाडी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ।

यसैबीच कोरोना संक्रमण दर बढ्दै गएको भन्दै गाउँपालिकाले अगामी जेठ ६ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार उक्त निर्णय सोमबारदेखि लागु हुनेछ।

उक्त अवधिमा स्वास्थ्य, सरसफाइ र एम्बुलेन्सबाहेकका अन्य सेवा बन्द रहने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.