|

जाजरकोट : भेरी नगरपालिकाका स्वास्थ्यकर्मीको टोली कोरोना संक्रमितको खोजी र कोरोनाबारे जनचेतना जोगाउन टोल टोल खटिएको छ।

नगरपालिकाका स्वास्थ्यकर्मी यज्ञ गौतमको नेतृत्वमा ६ जनाको टोली छ। टोलीले ज्वरो आएकाहरुको आरडिटी परीक्षण गर्ने गौतमले बताए। यस्तै, कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामीको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइने उनले जानकारी दिए।

परीक्षणका लागि टोल टोल पुग्दा विवाह तथा पूजामा स्वास्थ्य मापदण्ड पूरा नगरी भेला हुँदा कोरोना संक्रमण फैलिएको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

वडा नम्बर ३ मा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण देखिएको गौतमले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.