|

सर्लाही : हरिवन नगरपालिका–११ का एक युवकले मसला पिस्ने सिलौटाले हानेर श्रीमतीको हत्या गरेका छन्।

घरयासी विवादमा ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीय श्रीमती उषादेवीको टाउकोमा सिलौटाले प्रहार गरेका थिए। उषादेवीको घटनास्थलमै आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ। विजयलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको कुँवरले बताए

लालबन्दी नगरपालिका–२ नवलपुर, पुनर्वास स्थायी घर घएका उनीहरु हरिवन–११ मा भाडाको घरमा बस्दै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.