|

विवादित जेरुसेलम क्षेत्रमा आइतबार पनि इजरायली प्रहरी र प्यालेस्टाइनी प्रदर्शनकारीहरूबीच चर्को झडप भएको छ। पूर्वी जेरुसेलमको अल(अक्सा मस्जिद क्षेत्रमा रातभर झडप भएको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ। 

इजरायलीहरूले आज सो विवादित क्षेत्रमा झण्डा प्रदर्शन गर्ने वार्षिक परेड आयोजना गर्दै थिए। जेरुसेलमको पूरानो शहरी भूभाग इजरायलकै भएको दाबी गर्न यो प्रर्दशन हुने गरेको छ। 

सोमबार (आज) झण्डा प्रदर्शन गर्दा थप झडप हुने सम्भावना निम्तिएपछि इजरायली प्रहरीले आइतबार राति नै मानिसहरूलाई सो परेडमा सहभागी हुन जान दिएको थियो। त्यहाँ बसोबास गर्ने प्यालेस्टाइनीलाई इजरायलीले निकै अघिदेखि विस्थापित गर्न खोजिरहेका छन्‌।​​

इजरायली प्रधानमन्त्री बेञ्‍जामिन नेतन्याहूले जेरुसेलम डे मनाउनुअघि मन्त्रीपरिषद्‌को विशेष बैठक बोलाएका थिए। सो बैठकमा उनले कोही अतिवादीलाई पनि जेरुसेलममाथि इजरायली दाबीमा असर पुर्‍याउन नदिने उत्तेजक अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्ति प्यालेस्टाइनीहरूप्रति लक्षित थियो। 

 

झडप नरोकिएपछि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवनले इजरायली समकक्षीलाई त्यहाँको स्थिति शान्त पार्न आवश्यक उपाय अपनाउन आग्रह गरेका छन्‌। 

पवित्र शहर मानिने जेरुसेलममाथि इजरायल र प्यालेस्टाइन दुवै देशले दाबी गर्ने गरेका छन्‌। इजरायलले जेरुसेलमलाई देशको राजधानी घोषणा गरेपनि यसले अन्तरराष्ट्रिय मान्यता पाएको छैन।

इजरायलले ६ दिने युद्ध ९सिक्स डे वार० का क्रममा सन् १९६७ मा वेस्ट ब्यांकको गाजा स्ट्रीपसँग जोडिएको पूर्वी जेरुसेलम कब्जा गरेको थियो। त्यसअघि सो भूभाग प्यालेस्टाइनकै अधीनमा थियो। वेस्ट ब्यांक र गाजा स्ट्रीपसहितको भूभागको राजधानी पूर्वी जेरुसेलमलाई बनाउने उनीहरूको योजना थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.