|

बाँके : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

यसअघि आइतबार राति कोरोना संक्रमिति एक पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.