|

काठमाडौं : नेपालमा दोस्रो लहरको कोभिड-१९ संक्रमण तिब्र रुपले फैलिने क्रम जारी छ। कतिपय अस्पतालमा बेड अभावका कारण कोरोना सक्रमितको भुइँमै राखेर उपचार भैरहेको छ। 

उपत्यकासँगै देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव छ। समयमा अक्सिजन आपूर्ति हुन नसक्दा अकालमै संक्रमितको ज्यान जाने गरेको छ। यस अवस्था जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले  बेड र अक्सिजन अभावलाई यसरी व्यवस्थापन गर्न सकिने सुझाउँछन्। 

–हरेक स्वास्थ्य संस्थामा अनिवार्य रुपमा ‘फिभर क्लिनिक’ संचालन गर्ने, हरेक नागरिकले पिसिआर पोजिटिभ आउनेबित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।

–फिभर क्लिनिकमा Triage गर्ने, अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने। उनीहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने, मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने, छातीको एक्सरे र सिटि लगायतका परीक्षण गर्ने, कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने, गम्भीर संक्रमितलाई अस्पतालसँग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने।

–यीतीन समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उनीहरुलाई आइसियुमा राखेर उपचार गर्ने ।

–हरेक अस्पतालले कति वटा बेड खाली छन्, आइसियुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन यी विवरण नियमित अपडेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने,यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने,संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा ब्यवस्थापन गर्ने ।

–समाचार 'आतंक'को कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक अट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ,हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको ब्यवस्था गर्ने,सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने र गराउने बाताबरण निर्माण गर्ने ।

–कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने र गराउने, अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिवार्य गर्ने ।

–संक्रमण नफैलिएका जिल्लाको औषधि र उपकरण र जनशक्तिलाई जीवनरक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने ।

–सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने बाताबरण निर्माण गर्ने ।

–जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने,सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।

–स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत ९ जस्तै ५० किलो चामल र ५ किलो दाल ० उपलब्ध गराउने, राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।

–यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गर्ने ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.