|

भक्तपुर : भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले सोमबार काठमाण्डौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगा र भक्तपुर प्रवेश गर्ने पश्चिम नाका मनोहराको अनुगमन गरेको छ।

निषेधाज्ञामा सवारी आवागमनलाई थप कडाइ गर्न र काठमाण्डौं उपत्यका भित्रिने सवारीसाधन र सर्वसाधारणको आवागमनका विषयमा बुझ्न प्रजिअसहितको सुरक्षा निकायका प्रमुखहरू साँगा र मनोहरा पुगेर अनुगमन गरिएको प्रजिअ भट्टराईले बताए।

अनुगमनका क्रममा बिरामीहरु औषधी उपचार गर्न, विद्यार्थीहरू आफ्नो गृहनगर जान र केही पास बेगरका पनि आउने गरेको पाईएको प्रजिअ भट्टराईले बताए। उनले म्याद सकिएको सवारी पास बोकेर र कामको प्रकृति, प्रयोजन नखुलेको, जारी मिति भएको तर म्याद कहिलेसम्म हो भन्ने स्पष्ट नभएको पास लिएरसमेत सर्वसाधरण आवतजावत गरेको पाइएको बताए। उनले साँगा नाकाबाट उपत्यका प्रवेश गर्न खोज्ने त्यस्ता व्यक्ति र सवारीसाधनलाई जहाँबाट आएको उतै फर्काउने गरेको जानकारी दिए।

अनुगमनले सुरक्षाकर्मीहरूको हौसला र मनोबल बढ्ने विश्वास व्यक्त गरे। ‘स्थानीय जनतालाई यो महामारीमा अनावश्यकरूपमा हिँड्डुल नगर्न सम्झाई बुझाई गर्न पनि अनुगमन गरिएको हो, यसले सुरक्षाकर्मीहरुको पनि हौसला र मनोवल बढ्छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

अनुगमनमा भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापा, सशस्त्र प्रहरी बल दुवाकोटका डिएसपी लिला कार्की र राष्ट्रिय अनुसन्धान विभाग भक्तपुर जिल्ला प्रमुख विकास पाण्डे र सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.