|

धनकुटा : धनकुटा नगरपालिकामा सोमबार बेलुका करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ध

नकुटा नगरपालिका–५ बालमन्दिरका १० वर्षीय सञ्जोक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। घरभित्र खेल्ने क्रममा श्रेष्ठलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको केही समयमा मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.