|

बर्दिया : बर्दियामा थप सातजनाले कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरुको सोमबार रातिदेखि मंगलबार बिहानसम्म मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार पछिल्लोपटक बाँसगढी नगरपालिका–९ का ७३ वर्षीय पुरुष, बाँसगढी–५ का ६० वर्षीय पुरुष, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–६ की ६३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यस्तै, बढैयाताल गाउँपालिका–३ की ७८ वर्षीय महिला, ठाकुरबाबा नगरपालिका–३ का ४५ वर्षीय पुरुष र बढैयाताल–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ। सोमबार मात्रै ४ जना संक्रमितले ज्यान गुमाएका थिए। सबैको नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो।

कोरोना संक्तमितको मृत्यु हुने क्रम बढेको र लक्षणसहितका कारोना संक्रमितहरु थपिने क्रम बढेपछि बर्दिया ततकाल अस्पतालमा कोभिड वार्ड सञ्चालन गर्नुपर्ने माग उठ्न थालेको छ। बर्दियामा रहेको अस्पतालमा अन्य बिरामीको उपचार गर्नुपर्ने भन्दै कोभिडका बिरामीको उपचार गरिँदैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.