सप्तरी : हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थितमा दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको दुर्घटनामा सोही ठाउँका ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवीको मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
ठक्करबाट घाइते भएका मण्डल दम्पतीलाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए। शवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।