|

काठमाडौं : अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

अनुगमन क्रममा लुकाइछिपाइ राखेको ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको पनि उनले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रकृया अघि बढाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.