|

काठमाडौं : सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचारका लागि औषधि र अक्सिजनको सहज आपूर्ति गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। 

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार सरकारको नाममा यस्तो आदेश जारी गरेको हो। 

आदेशमा थप साधनयुक्त अस्पताल सञ्चालन गर्नुपर्ने, विरामीको चापलाई हेरी जनशक्तिको आपूर्ति पनि तत्काल गर्नुपर्ने भनी उल्लेख छ। त्यस्तै, जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति गठन गर्नु पर्ने पनि आदेशमा भनिएको छ


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.