|

सर्लाही : सर्लाहीमा कोरोना भाइरस परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण देखिएको छ।

जिल्ला अस्पताल मलंगवाको ल्याबमा गएराति ९१ जनाको पिसिआर परीक्षण गर्दा ५१ जनामा संक्रमण पाइएको ल्याब टेक्नोलोजिष्ट रवीन्द्र रानाभाटले जानकारी दिए।

अस्पतालमा वैशाख १७ गतेदेखि पिसिआर प्रयोगशाला सञ्चालनमा आएसँगै परीक्षणको दर बढाउँदै लगिएको छ। अहिलेसम्म ५२५ जनाको पिसिआर परीक्षण गरिसकिएको ल्याब टेक्नोलोजिष्ट रानाभाटले बताए।

सर्लाहीमा आज बिहानसम्म दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणबाट ३ सय ७० जना संक्रमित भएका छन्। त्यसमध्ये सात जनाको ज्यान गएको छ। पछिल्लो पटक हिजो बलरा नगरपालिका–३ का थप एक जना संक्रमितको मृत्यु भएसँगै मृतकको सङ्ख्या सात पुगेको हो।

यसैबीच, भारतसँग सीमा जोडिएको बलरा नगरपालिकामा कोरोना संक्रमितको धमाधम मृत्यु हुन थालेको छ। गाउँका धेरैमा ज्वरोलगायत समस्या बढेपछि त्यसबारे थप बुझ्न आज जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवाला बलरातर्फ गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.