|

सल्यान : जिल्ला अस्पताल सल्यान कोरोना संक्रमितले भरिएको छ। कोभिड १९ संक्रमितको अत्याधिक चाप बढेको भन्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले फोन गरेर मात्र अस्पतालमा आउन आग्रह गरेको छ। 

१६ बेडमा नियमित अक्सिजन सप्लाई गर्नसक्ने अवस्थामा ३६ जना बिरामी भएपछि कार्यालयले फोन सम्पर्क गरेर मात्र आउन सबैलाई आग्रह गरेको हो। 

१६ शैयाको आइसोलेसन वार्डमा अहिले ३६ जना संक्रमित रहेका छन्। आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नु पर्ने बाध्यता रहेको छ। यसमा थप बिरामी थपिए उपचारमा समस्या हुने देखिएपछि फोन गरेर मात्र आउन आग्रह गर्नु पर्ने बाध्यता आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताए। 

सिमित अक्सिजन सिलिन्डर भएको र रिफिल गर्न नेपालगञ्ज जानुपर्ने र समयमा रिफिल नहुने भएकाले बिरामीलाई अस्पताल ल्याउनुपूर्व फोन सम्पर्क गर्न आग्रह गरिएको श्रेष्ठले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.