|

पर्सा : भएका अस्पतालले नपुगेर वीरगन्ज महानगरपालिकाले अर्को २ सय ३० बेडको अस्थायी कोभिड अस्पताल वीरगन्जमा संचालन गरिरहेको छ। 

कोभिडका बिरामीलाई अस्पतालले अक्सिजन उपलब्ध गराउन सकस छ। यस्तो समयमा पनि उद्योगी र व्यवसायीले खाली तथा भरिएका अक्सिजन सिलिण्डर लुकाएर राखिएको अवस्थामा पर्सा प्रहरीले बरामद गरेको छ। विभिन्न ठाउँबाट प्रहरीले ३ सय ९३ वटा अक्सिजनका सिलिण्डर बरामद गर्न सफल भएका हुन्। 

भारतसँग सीमा जोडिएको वीरगन्ज क्षेत्र पहिलो कोरोना लहरमा पनि हटस्पटका रुपमा दर्ज भएको थियो। दोस्रो कोभिड लहरमा पनि यो क्षेत्र नराम्ररी प्रभावित छ।

वीरगन्जका अस्पतालमा संक्रमित बिरामीमध्ये दुई अंकको डिजिटसम्म मृत्यु हुने क्रम पुगिसकेको छ। यस्तो समयमा खाली वा भरी दुवै प्रकारका अक्सिजन सिलिण्डर खोजी गर्नुपरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

बरामदमध्ये खाली सिलिण्डर उद्योगमा भर्न र भरी सिलिण्डर अस्पतालमा पठाइएको उनको भनाइ छ। चार दिनदेखि पर्सा प्रहरीले निगरानी बढाउँदा दैनिक अक्सिजनका सिलिण्डर फेला पर्ने क्रम बढिरहेको छ।

सोमबार मात्र एकै दिन २ सय १८ सम्म बरामद भएको थियो। 

पहिलो पटक सबै उद्योगी व्यवसायीलाई सचेत गराएर छोडिएको छ। फेरि सिलिण्डर लुकाएको पाइए जोकोहीलाई पनि कारबाही हुने पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.