|

बर्दिया : बर्दियाका एक कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै ज्यान गएको छ। उनलाई उपचारपछि निको भएको भन्दै परिवारले अस्पतालबाट घर ल्याएका थिए। 

वैशाख २० गते पिसिआर परीक्षणका क्रममा रिपोर्ट पाजेटिभ आएका राजापुर नगरपालिका-४ का ५५ वर्षीय पुरुषको निधन भएको हो।

त्यसपछि उनलाई उपचारका लागि वैशाख २१ गते नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो। भेरी अस्पतालमा बिरामीको भीड पनि थियो, उपचारपछि निको भएको भन्दै उनका आफन्तले हिजो(सोमबार) घर लिएर आएका थिए।

होम आइसोलेसनमा बसेका उनको आज बिहान ज्यान गएको बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। 

योसँगै बर्दियाका ३ जना संक्रमितले होम आइसोलेसनमै ज्यान गुमाइसकेका छन्। यसअघि बारबर्दियाका एक जनाको पनि होम आइसोलेसनमै मृत्यु भएको थियो।

जिल्लामा ५५ जना संक्रमितको निधन भइसकेको छ। आजै बर्दियाका ९ जनाको कोरोनाबाट मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.