|

काठमाडौं : देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जना मृतक थपिएको मन्त्रालयले जनाएको थियो । पछिल्लो तथ्यांक सहित कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।

गत २४ घण्टामा ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन्। २० हजार ५ सय ९६ जनाको पिसिआर र ७ सय २० जनाको एन्टिजेन गरी २१ हजार ३ सय १६ जनाको परीक्षण गरिएको थियो । योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । 

कूल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको मन्त्रालयको तथ्यांक छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमित निको भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.