|

सुर्खेत : जिल्ला प्रशासन कार्यालयले बैशाख १४ गतेदेखि जारी गरेको निषेधाज्ञा फितलो भएको भन्दै हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खोल्न पाउने निर्णय गरेको छ।

दैनिक पसलहरु खोलिने भएकाले भिडभाड धेरै भई संक्रमण दर बढेको भन्दै प्रशासनले जेठ १ गतेदेखि हप्तामा आइतबार, मंगलबार र बिहीबार मात्र पसल खुला गर्न पाउने निर्णय गरेको हो।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट यवस्थापन केन्द्रको बैठकले तरकारी, फलफुल तथा दुध बाहेकका अन्य खाद्यान्नका पसलहरु तोकिएको समयमा खोल्नु पर्ने निर्णय गरेको हो।

उक्त बैठकले जिल्लाका भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका र सिम्ता गाउँपालिका क्षेत्रमा कोभिड–१९ को उपचारको क्रममा मृत्यु हुने व्यक्तिहरुको शवको अन्तिम संस्कारका लागि नेपाली सेनालाई आवश्यक पर्ने एक थान जीप इन्धन सहित चारवटा स्थानीय तहले संयुक्त रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।

यसरी उपलब्ध हुने जीप नेपाली सेनाको छिन्चुस्थित ब्यारेकमा तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।

यसका साथै, उल्लिखित स्थानीय तहमा कोभिड– १९ को उपचारको क्रममा मृत्यु हुने व्यक्तिहरुको अन्तिम संस्कारको लागि निर्धारित ठाउँसम्म शव लैजान आवश्यक सवारी साधन चालकसहित आवश्यक परेको बेला मात्र सम्बन्धित स्थानीय तहले उपलव्ध गराउने निर्णय भएकाे गरिएकाे छ।

यस कार्यमा जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेतले समन्वय र सहजीकरण गर्ने समेत निर्णय भएको प्रजिअ रिजालले जानकारी दिए। साथै होटल आइसोलेसन संचालन गर्न चाहने जिल्लास्थित होटलहरूले अनुसुची–१ बमोजिमको सामान्य मापदण्डको परिधिभित्र रही सञ्चालन गर्न पाइने छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.