|

जनकपुरधाम : प्रदेश २ सरकारले संघीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिण्डर माग गरेको छ।

मंगलबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै संघीय सरकारसँग तत्काल चार हजार अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमबार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका, पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल छलफल गरेको थियो। प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समिति (पिसिसिएमसी)को आज सम्पन्न बैठकले संघीय सरकारसँग अक्सिजन सिलिण्डर माग गर्ने निर्णय गरेको हो।

त्यसैगरी पिसिसिएमसीको बैठकले थप ५० हजार भिटिएम र रिएजेन्ट खरिद गर्ने निर्णयसमेत गरेको छ। बढदै गएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन र परीक्षण दायरा बढाउन उक्त भिटिएम र रिएजेन्ट खरिद गर्ने निर्णय गरिएको हो। 

त्यसैगरी बैठकले होम आइसोलेसनमा रहेका संक्रमितको हेरचाहका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ। जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.