|

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एक वर्षभित्र चुनाव गराउनु पर्ने बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटर मार्फत डाक्टर भट्टराईले एक वर्षमा चुनाव गराउन प्रस्ताव अघि सारेका हुन्। उनले देश संकटमा परेको भन्दै त्यसको समाधानका लागि चार बुँदे प्रस्ताव अघि सारेका छन्।

उनले सबै दलको सहभागितामा सरकार गठन गर्नु पर्ने, पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्व सरकार बनाउनु पर्ने, कोरोना नियन्त्रण द्वन्द्वकालीन मुद्धा, संविधान संशोधन, आर्थिक राहत लगायत लागू गर्नु पर्ने र एक वर्षभित्र चुनाव गर्नु पर्ने प्रस्ताव अघि सरका हुन्। 

प्रधानमन्त्री केपी ओली सरकार अल्पमतमा परेपछि सरकार गठनमा जसपाको  निर्णायक भूमिका रहेका बेला हाल जसपा दुई कित्तामा उभिएको छ। एउटा समूह ओली सरकारलाई सघाउने पक्षमा देखिएको छ भने अर्को पक्ष जसरी पनि ओलीको  विकल्प खोज्न लागि परेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.