|

काठमाडौं : गंगा नदीले बगाएका बेवारिस शव भारतको विभिन्न स्थानमा यत्रतत्र भेटिन थालेको छ। 

पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरू भारतको उत्तरप्रदेश र बिहारको गंगा किनारमा भेटिन थालेको हो।

आम रूपमा गंगामा मृत चौपायाहरू भेटिनु सामान्य जस्तै थियो। तर कोरोना महामारीको बीचमा यति धेरै बेवारिस शव भेटिनुलाई भने चिन्ताको विषय बनेको छ।पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिस ७१ शव भेटिएका छन्।

यसअघि पनि उत्तर प्रदेशको गाजिपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए। पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरू बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ। तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ।

ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन। अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरू बताउँछन्। कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन्।

मोदी सरकारका जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले गंगा नदीमा शव फ्याक्नुलाई दुर्भाग्यपूर्ण भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.