|

बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले परराष्ट्र नीतिमा अनावश्यक टिप्पणी र हस्तक्षेप गर्न खोजेपछि बेइजिङसँग ढाका चिढिएको छ। 

राजदूत जिमिङले बंगलादेश चीनविरोधी क्‍वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड) गठबन्धनमा सामेल भए द्विपक्षीय सम्बन्ध नराम्ररी प्रभावित हुने धम्की दिएका थिए। चिनियाँ राजदूतको सो टिप्पणीलाई लिएर बंगलादेशले कडा प्रतिक्रिया दिएको हो। 

बंगलादेशका विदेशमन्त्री डा. अब्दुल मोमेनले आफूहरूको विदेश नीति गुट निरपेक्ष र सन्तुलनवादी सिद्धान्तमा आधारित रहेको तथा यही हिसाबमा अघि बढ्ने बताएका छन्। 

उनले पत्रकारहरूसँग भनेका छन्, 'बंगलादेश स्वतन्त्र र सम्प्रभु राष्ट्र हो, हामी आफ्नो विदेश नीतिबारे आफैँ फैसला गर्छौं। हामीले चीनबाट यस्तो व्यवहार अपेक्षा गर्दैनौँ। चिनियाँ राजदूतले बंगलादेश क्वाडमा सहभागी नहोस् भन्ने चाहेका होलान्, तर, हामीलाई क्वाडमा जोडिन कसैले सम्पर्क गरेको छैन, चीनले हतारमा टिप्पणी गरेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.