|

काठमाडौं : संघीय राजधानी काठमाडौंमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनिक ज्याला मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरु ठूलो समस्यामा परेका छन्।

केही दिनका लागि आफूले कमाएको २-४ रुपैयाँले दुई छाकको जोहो गर्दे आएकाहरु निषेधाज्ञा लम्बिँदै गएपछि समस्यामा परेका हुन्।

यसरी बिहान साँझ खाना खानसमेत समस्या परेकालाई विभिन्न संघ संस्थाहरुले पिचरोडमै राखेर खाना खुवाउन थालेका छन्। कोभिड १९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाइएको थियो।

काठमाडौं महानगरले त्यहाँबाट हटाएपछि विभिन्न पार्टी प्यालेसहरुमा भेला पारेर खाना खुवाउने गरिएको थियो। अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरु देखिएका छन्।

यसैबीच, निषेधाज्ञाको १४ औ दिन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरे पनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारीसाधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन। अघिल्ला दिनहरुमा जसरी नै सवारी साधन सञ्चालनमा छन्। सवारी अनुमति नभएका र विना काममा हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डि सेन्टरमा राखेको छ। कतिपयलाई १ सय रुपैया जरिवाना पनि गरेको छ।

कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.