|

गोरखा : गण्डकी प्रदेशमा बहुमत सरकार गठन गर्न प्रयासरत कांग्रेस, माओवादी, जसपा र राजमो (राष्ट्रिय जनमोर्चा) असफल भएका छन्।

निर्णायक दल राजमोका  संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन नसकेका हुन्। 

आफ्नो पक्षमा ३० जनाले हस्ताक्षर गरेको बताए पनि थापाले हस्ताक्षर गर्न नमानेपछि पोखरेलको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ बमोजिम आह्वान गरेअनुसार आज ४ बजेसम्म हस्ताक्षर बुझाउनुपर्ने थियो। तर, थापा बिहानै गृहजिल्ला बाग्लुङ पुगेका छन्।

उनलाई कारबाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्‍याउने प्रयास गरिएको भए पनि उनलाई कारबाही गरेको पत्र प्रदेश प्रमुखकहाँ पुग्नुअगावै थापाले प्रदेश प्रमुखलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारबाही गरिएको बताएका थिए।

अहिले ४ बजे बहुमतको सरकार गठन गर्ने समय सकिएकाले प्रदेश प्रमुख सीता पाैडेलले ठूलो दलको नाताले एमालेलाई सरकार गठन गर्न आह्वान गरेकी उनका सल्लाहकारले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.