|

काठमाडौं : कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै शव अन्त्येष्टि गर्न भनेको हो। यो सम्भव नभए नेपाली सेनाले व्यवस्थापन गर्ने पनि सरकारले जनाएको छ।

यसअघि संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले मात्रै गर्दै आएको थियो। साथै मृतकका आफन्तलाई स्थान विशेषमा राख्न वा रहन पनि पहल गर्ने सरकारले बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.