|

काठमाडाैं : काठमाडाैं मेडिकल कलेज सिनामंगलले अक्सिजन अभाव भएकाले बिरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आएको जनाएको छ। 

आज एक विज्ञप्तिमार्फत अस्पतालले नेपाल सरकारले दिने भनेको २ सय ५० थान अक्सिजन सिलिण्डर एउटा पनि नआएको भन्दै माैज्दात सिलिण्डर रित्तिएको जनाएको छ।

अन्यत्रबाट पनि अक्सिजन नआएकाले आज (बुधबार) २९ गते साँझसम्मलाई मात्र अक्सिजन पुग्ने अस्पतालले जनाएको छ। साथै बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन नदिन डिस्चार्ज गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ। 

सरकारसँग ५०० शय्याको कोभिड केयर युनिट सञ्चालन गर्ने सम्झाैता भए पनि हालसम्म अस्पतालमा अक्सिजन सप्लाई गर्न जडित मेसिनले काम नगरेको पनि सूचनामा जनाइएको छ।  

अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडाैं र गाैशला प्रहरी वृत्तलाई पत्रमार्फत बोधार्थ गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.