|

विराटनगर : सुनसरीको इटहरीमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। इटहरी उपमहानगरपालिकाले अक्सिजनसहित ५० शय्याको कोभिड अस्पतालसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्याइएको जानकारी दिए। बुधबारदेखि नै कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए।

आइसोलेसन सेन्टरमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहने पनि मेयर चौधरीले बताए। स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डबमोजिम गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए।

यस्तै गम्भीर प्रकृतिका बिरामीका लागि एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.