|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको ७२ घण्टाको समयसीमा आज सकिँदै छ। 

सोमबार संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको होर दलहरुको नयाँ सरकार गठन गर्न दौडधुप जारी  छ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएपनि ठोस सफलता भने अझै लागेको देखिएको छैन। अहिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्ने सम्भावनामा एमालेको नेपाल पक्ष र जसपाको ठाकुर पक्ष निर्णायक देखिएको छ। जसपाको ठाकुर पक्ष काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा नदेखिँदा कांग्रेस अलमलमा छ। 

जसपा शीर्ष नेताको बैठक निष्कर्षविहीन 

जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष सकियो। ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको नेता बाबुराम भट्टराईले जानकारी दिएका छन्।

उनले लोकतान्त्रिक पार्टी भएकाले फरकफरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले बिहीबारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए। बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरेर राष्ट्रिय राजनीतिमा योगदान पुग्नेगरी एकीकृत निर्णय गरिने उनको भनाइ छ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए।

नेपाल पक्ष राजीनामा गर्ने नगर्ने अन्योलमा 

त्यस्तै प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न एमालेको नेपाल पक्ष पनि निर्णायक भूमिकामा छ। नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा वैकल्पिक सरकार बन्ने सम्भावना बन्ने देखिन्छ। तर यसअघि सोमबार नै राजीनामा दिने भनिएको नेपाल पक्षमा पनि राजीनामा दिनेमा सांसदहरु हिच्किचाई रहेको  छ।

नेपाल पक्षका प्रमुख नेताहरु नै राजीनामा दिन नहुने बताएपछि नेपाल पक्षको सामुहिक राजीनामा आउनेमा पनि अलमल भएको छ। नेपाल पक्षका प्रमुख नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु राजीनामा गर्नु हुदैन भन्ने पक्षमा रहेका छन्। तर निर्णायक लडाइमा रहेको नेपाल पक्षले राजीनामा गर्ने नगर्ने भन्नेमै अब सत्ताको समीकरण कस्तो बन्छ भन्ने टुंगो लाग्ने देखिन्छ। नेपाल पक्षमा राजीनामा दिने विषयमा विवाद छ भन्ने कुरा नेता भीम रावलले सामाजिक संजालमा टिप्पणी गर्दै ओलीलाई हटाउन राजीनामा गरेर नै अगाडी बढ्नुपर्ने बताएका छन्।

कसरी बन्छ नयाँ  सरकार

 संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने छ।  ३८ महिनापछि संसद्मा आफ्नो शक्ति जाँच्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत गुमाए। उनले गत सोमबार विश्वासको मत लिँदा जम्मा ९३ मत पाए, जुन कुल सांसद संख्याको करिब ३५ प्रतिशत मात्रै हो। तीनबर्ष अघि प्रधानमन्त्रीको सपथ खाँदा १९३ सांसद अर्थात करिब ६४ प्रतिशतको समर्थनसहित सरकारको नेतृत्व गरेका ओली अहिले अल्पमतमा परेपनि विपक्षीहरुसँग पनि बहुमत छैन।आजसम्म सरकार बनाउन चाहिने १३६ सांसद पुर्‍याउन दलहरुलाई चुनौति देखिन्छ। जसले प्रधानमन्त्री ओली ७६ (३) मा प्रवेश गर्ने सम्भावनाले विपक्षीलाई अत्याएको छ।

गठबन्धनको सरकार बनाउने संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तिमा २६ सांसदको साथ चाहिन्छ। तर जसपाको उपेन्द्र यादव पक्षले सरकार गठनमा पहल लिएपनि १५ सांसद रहेको महन्थ ठाकुर पक्षले सरकारमा सामेल नहुने स्पष्ट पारेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएको एमालेकै माधव नेपाल पक्षले राजीनामा दिए सरकार बन्न सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.