|

काठमाडौं : कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ।

न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ ५ बजे निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए। ५२ वर्षीय न्यायाधीश श्रेष्ठलाई गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा बसेर  अस्पताल भर्ना भएका थिए।

उनलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.