|

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक महिलाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका १९ की ४९ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ। उनको बिहीवार विहान १ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए।

उनी यहि बैशाख २४ गतेदेखि अस्पतालमा एचडीयूमा भर्ना भएकी थिइन्। उनलाई निमोनियासँगै श्वासप्रश्वास समस्या र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

बुधबारसम्म ८३० जना संक्रमित भर्ना भएकामा कोरोना जितेर ७११ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ। साथै, २१ जनालाई थप उपचार निम्ति अन्यत्र रिफर गरिएको र ३९ जनाको मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिए।

अस्पतालमा बुधबार ५९ जना संक्रमितहरू उपचाररत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.