जनकपुरधाम : धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका छन् ।
कोरोनाको दोस्रो लहरमा गएको वैशाख २१ गते बिहानदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाको समय भोलि राति सकिँदै छ।
पहिलो चरणको निषेधाज्ञा सकिनुअघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो। निषेधाज्ञा अवधिमा अति आवश्यकबाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।