|

सल्यान : कोभिड–१९ को संक्रमणबाट सल्यानमा एक प्रधानाध्यापकको मृत्यु भएको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा, ६ निवासी ५० वर्षका  प्रधानाध्यापकको बुधबार राति मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ। मृतक बनगाड कुपिण्डे नगरपालिका ७  स्थित बाल कन्याण प्राथमिक विद्यालय सिम्तिगैराको प्रधानाध्यापक थिए।  उनको उपचारकै क्रममा मृत्यु भएको हो।

२५ गते नगरपालिकाको अस्थाई आइसोलेसनमा उपचारपछि थप उपचारका लागि २७ गते जिल्ला अस्पताल सल्यान ल्याइएको थियो। बुधबार राति करिब १ बजेको समयमा उनको मृत्यु भएको हो। यससँगै सल्यानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.