|

काठमाडौं : कोभिड-१९ संक्रमणको दोस्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि काठमाण्डौ महानगरपालिकाले बिहीबारदेखि पिसिआरका लागि स्वाब संकलन गर्ने काम सुरु गरेको छ।

काठमाडौं महानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई निशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने गरेको थियो। कोभिड संक्रमणमा कमी आएपछि महानगरले ५ वटा केन्द्र तोकेर व्यवस्थापन गरेको थियो। तर, केन्द्र नपरेको स्थानमा पनि आवश्यकताका आधारमा पिसिआरका लागि स्वाब संकलनको व्यवस्था मिलाउँदै आएको महानगरले आफ्ना स्वास्थ्यकर्मीलगायत त्यस कार्यमा जुट्ने कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि केही समय स्वाब संकलनको कामलाई स्थगित गरेको थियो।

दोस्रो लहरमा लक्षणसहितका संक्रमितको संख्या अत्याधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भए पनि पिसिआरका लागि स्वाब संकलन कार्यलाई पुन: सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।

यसका अलावा महानगरले सबै नगरबासीको स्वास्थ्यलाई मध्यनगर गरी जनचेतना जगाउने कार्य पनि गरिरहेको जनस्वास्थ्य प्रमुख कुँवरले बताए।

महानगरपालिकाले बिहान बढी भिडभाड हुने तरकारी, फलफूल पसललगायत स्थानमा माईकिङ गरेर सचेतना कार्यक्रम सुरु गरेको छ।

त्यसैगरी, वडा-वडामा पनि सचेतना फैलाउनुको साथै संक्रमित भएर घरमै बसेका बिरामीको व्यवस्थापन, सहयोग र उपचारका लागि सचेतना टिम गठन गरेर ३२ वटै वडाले काम गर्ने गरी सचेतना टिम घोषणा गरिएको उनले जानकारी दिए।

महानगरले विषम परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस् भनेर विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने गरी वडाहरुलाई समन्वय गर्ने गरी काम गरिरहेको जनस्वास्थ्य प्रमुख कुँवरले बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.