|

चितवन : काेराेनाकाे संक्रमणदर नघटेपछि चितवनमा निषेधाज्ञा समय थपिने भएको छ। भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ।

जिल्लास्थित सरोकारवालाहरुको बैठकले निषेधाज्ञा थप्न जिल्ला प्रशासनलाई सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको जानकारी दिए।

सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ। अबको निषेधाज्ञा थप कडाइ  हुने उनको भनाइ छ। पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ। जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षाकर्मी लगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.