|

काठमाडाैं : संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ। 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नै उभिने भएपनि कांग्रेसले सरकार गठनका लागि बहुमत पुराउन नसकेको हो।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। साथै उहाँले एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाइसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा २ बमोजिम जसपासँग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गरे।

संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठनका लागि निर्णायक मतको रुपमा रहेको जसपामा महन्थ ठाकुर समूह प्रधानमन्त्री ओलीको पक्षमा छन् भने उपेन्द्र यादव समूह विपक्षमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.