|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे सो सम्मेलन केन्द्रको उद्घाटन गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ। 

ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको सो गोदावरी सनराइज सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ। ८१ करोडको लागतमा सो सम्मेलन केन्द्रको निर्माण भएको हो।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको थियो। करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले ठेक्का पाएको थियो।   गत कार्तिक महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले यो सम्मेलन केन्द्रको उद्घाटन गरेर चाँडो सक्न निर्देशन दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.