|

बागलुङ : कोरोना संक्रमणबाट जिल्लाको बडीगार्ड गाउँपालिकामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  एकै परिवारका बाबु र  दुई छोरोको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए।

धौलागिरी अस्पतामा उपचारको क्रममा ८७ वर्षीय पुरुषको वैशाख २३ गते मृत्यु भएको थियो। मृतकका छोरा ५२ वर्षीय पुरुषको पनि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। 

त्यसैगरि, परिवारकै सदस्य ४० वर्षीय पुरुषको बिहिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.