समस्या निरुपण गर्न संघको अनुरोध

|

पर्सा :  निषेधाज्ञा लम्बिँदै जाँदा आयातकर्ताले सक्कल काजगपत्र नपाउँदा सिपिङ कम्पनी र भन्सारबाट मालवस्तु छुटाउन सकस हुन थालेको छ। निषेधाज्ञा अवधिभर बैंकिङ प्रक्रियाबाट काम हुने गरी आवश्‍यक प्रबन्ध मिलाइदिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग वीरगन्ज उद्योग वाणिज्य संघले अनुरोध गरेको छ।

आयातित मालवस्तुको कागजपत्र इमेल र फ्याक्समार्फत आएकोलाई निषेधाज्ञाको अवधिभर सम्बन्धित बैंकले प्रमाणित गरेपछि त्यसको छायाप्रति वा फोटोकपी पेश गर्दा आयातित मालवस्तु सिपिङ कम्पनीसँग रिसिभ गर्न र भन्सार जाँचपास गरी छुटाउन मिल्ने प्रकृयाका होस् भनी अनुरोध गरिएको संघका महासचिव मनोज दासले बताए।

वीरगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिवलाई पत्र लेखी समस्याको किनारा लगाउन अनुरोध गरेको हो उनले भने।

निषेधाज्ञा भर फोटोकपीबाट काम होस्

सक्कल कागज पत्र निषेधाज्ञाका समयमा पाप्त हुन सकेको छैन। इमेल वा फ्याक्समार्फत मगाइएको त्यसको फोटोकपीबाट सिपिङ कम्पनीले आयातकर्तालाई मालवस्तु हस्तान्तरण गर्ने र भन्सार जाँच पास पनि त्यसै काजगपत्रबाट गर्न मिल्ने होस्। यसको लागि सम्बन्धित बैंकहरुलाई राष्ट्रबैंकमार्फत निर्देशन गराई आयातलाई सहज बनाउन संघले माग गरेको संघका अध्यक्ष सुबोध गुप्ताले बताए। 

‘निषेधाज्ञा लम्बिदै जाँदा साविकमाझैं बिल, विजक, बीमा र ढुवानीका सक्कल कागजपत्र पाउन सकिएको छैन। यही अवस्था रहिरहे आयाततर्फ अझ समस्या बढ्ने निश्चित छ।

स्थलमार्ग वा हवाई मार्गबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमित आवागमन हुन सकेको छैन। नियमित आवागमन ठप्प हुँदा आयातकर्तासम्म सक्कल कागजपत्र आइपुग्दैन’ उनले भने।

सक्कल नै चाहिने प्रावधान

भारत तथा तेस्रो मुलुकबाट आयातित मालवस्तु प्राप्त गर्न सिपिङ कम्पनी र भन्सार जाँच पासमा सक्कल कागजपत्र चाहिने प्रावधान छ। अहिलेको समयमा यो सम्भव हुन्न संघका अध्यक्ष गुप्ताले भने।

सहज अवस्था भएपछि सक्कल कागजपत्र पेश गर्ने

निषेधाज्ञा हटेपछि सक्कल कागज पत्र पेश गर्ने गरी आयातकर्तालाई राहत प्रदान गर्न मन्त्रालयसँग नै अनुरोध गरिएको संघका उपाध्यक्ष माधवलाल राजपालले पनि बताए। अहिले नै सिपिङ्ग कम्पनीले सक्कल कागजपत्र विना मालबस्तु हस्तान्तरण गर्न छाड्यो। भन्सारबाट पनि सामान छुटाउन सकस छ। यस्तो अवस्थाले निरन्तरता पाए आयातकर्ताले डिटेन्सन चार्ज तिर्नुपर्ने बाध्यता मात्र नभई आयातित मालवस्तुको अभाव सृजना हुने प्रष्टै छ उनले तर्क गरे।

आयातमुखी अर्थतन्त्र भएको हाम्रो मुलुकमा खाद्यान्नदेखि अधिकांश सामान बाहिरबाटै ल्याउनु पर्ने बाध्यता छ। कोरोनाले एकातर्फ सर्वसाधारणले अहिले नै उपभोग्य वस्तु पाउन छोडिसके। भन्सारमा थप विलम्ब भए त्यो भार पनि अन्त्यमा सर्वसाधारणमाथि नै पर्ने सम्भावना बढ्नुपूर्व बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय चाहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.