|

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकर्तालाई अरूको विरोधमा समय खेर नफाल्न आग्रह गरेका छन्।

नेकपा (एमाले) को विवाद साम्य भएपछि बधाई तथा शुभकामना दिँदै उनले फेसबुकमा लेखेका छन्,  ‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारी हरु, मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अव प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्नु हुदैन।’

देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक   सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

'वैचारिक छिपछिपे पन , विधि पद्धतिको, अवज्ञा , व्यक्तिवाद ,संकीर्णता , अनेकता ,गुटबन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरूद्ध संघर्ष गर्न दृढ हुनुपर्छ' उनले लेखेका छन्, 'त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलता उन्मुख हुँदै अघि बढ्न सक्नेछौँ।' 

विचलन, निराशा र निकृयता क्रान्तिकारी गुणचरीत्र नभएको जिकिर गर्दै घिसिपिटेपन  र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न नसकिने बताएका छन्।

तत्कालका लागि कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका खेल्न सिङ्गो पाटी पङ्क्तिलाई स्वयंसेवामा जुट्न आग्रह समेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.