|

गुल्मी : नेपाली कांग्रेस गुल्मीले ५० थान अक्सिजन सिलिण्डर तम्घास अस्पताललाई हस्तान्तरण गरेको छ। 

कोरोना महामारीको समयमा बिरामीहरुले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन ग्यास भरिएका ५० थान सिलिण्डर अस्पताललाई प्रदान गरेको कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए।

अक्सिजन अभावको समयमा ५० थान अक्सिजन सिलिण्डर प्राप्त भएपछि बिरामीहरुको उपचारमा ठूलो राहत मिलेको तम्घास अस्पतालका डा. उत्तम पच्याले बताए। अस्पतालमा अहिले कोभिडका २८ जना बिरामीलाई अक्सिजन दिएर उपचार गरिरहेको डा. पच्याले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.