बर्दिबास हेल्प फाउण्डेसनद्वारा ५० हजार सहयोग

|

जनकपुरधाम : नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बर्दिबास हेल्प फाउण्डेसनले ५० हजार सहयोग प्रदान गरेको छ।

फाउण्डेसनका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डललाई ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कोरोना महामारीको दोस्रो लहरसँग  देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारको हौसला बढाउन र संक्रमित भए उपचारको व्यवस्था मिलाउन विपद् व्यवस्थापन कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले जनाए।

जनता मावि बर्दिबासबाट २०४९ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुद्वारा गठित बर्दिबास हेल्प फाउन्डेसनले पत्रकार महासंघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रकम दिने पहिलो संस्था बन्न पुगेको छ।

विपद् व्यवस्थापन कोषमा रकम दिएर सहयोग गर्न पत्रकार महासंघले सबै संघसंस्था, बुद्धिजीवि, नागरिक समाज र सरकारलाई अपिल गरेका छन्। महोत्तरीका दुई जना संचारकर्मी कोरोनाबाट संक्रमित भइसकेका नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष मण्डलले बताए।

कोरोना महामारीबाट आफू,परिवार र समाजलाई हुन सक्ने मानवीय क्षतिबाट बचाई असल नागरिकको परिचय दिन फाउण्डेसनका अध्यक्ष क्षेत्रीले सबैमा अपिल गरेका छन्। ‘.बिबाह,भोज भतेर, हाटबजारलगायत मानिसको जमघट हुने काम नगरौं र त्यस्ता कार्यक्रममा सहभागी पनि नहोऔँ,’उनले भने,‘कसैलाई पनि कोरोना भएको जानकारी पाएमा आवश्यक सावधानी अपनाएर सहयोग,सद्भाव र उच्च मनोवल काएम राख्न सहयोग गरौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.