|
फाइल तस्बिर

काठमाडौं : उपत्यकाका तीन वटै जिल्लाले अलपत्र परेका यात्रुहरुलाई गन्तब्य सम्म जान दिने भएका छन्। उपत्यकामा निषेधाज्ञा लम्बिँदै जाँदा यात्रुहरु अलपत्र भइ सडकमा बस्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले यात्रुलाई आफ्नाे घर जान दिने निर्णय गरेका छन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अलपत्र परेकालाई यात्रुहरुलाई सिफारिसको आधारमा घर जान दिने थाहाखबरलाई बताए। ‘उपत्यकामा अलपत्र परेका यात्रुहरुलाई व्यवस्थापन गर्ने भनी पहिला नै योजना बनाएका थियौ,’उनले भने,‘मंगलबारको बैठकमा त्यो कुरा चाही भएन,तर पनि तीन वटै जिल्लाले ती यात्रुलाई घर जान दिन्छ,कसैले राेक्दैन।’ 

उनका अनुसार घर जानलाई अलपत्र परेका व्यक्तिको सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने छ। यो सिफारिस पत्र सवारीसाधन चालकलाई पनि अनिवार्य चाहिने छ। ‘काठमाडौंबाट यात्रु लगेपछि बसले फर्किदा कोही पनि यात्रु ल्याउन पाइने छैन। त्यस्तो गरेको पाइए कारबाही हुन्छ। उपत्यकाबाट बाहिर मात्रै यात्रु लान पाउने छ’, भट्टराइले भने।

उपत्यकाबाट घर गएपछि ती व्यक्ति अनिवार्य कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ। यसकाे निगरानी स्थानीय तहले गर्नुपर्ने छ। दोस्रो लहरको कोभिड-१९ संक्रमण बढेपछि यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

फेरि गत मंगलबारको तीन वटै जिल्लाले १५ दिन निषेधाज्ञा थपेको छ। जसकारण बढी मजदुरहरु मारमा परेका छन्। सार्वजनिक सवारी साधन नचलेका कारण कतिपय यात्रुहरु पैदलै घर जाने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.