|

काठमाडौं : कोरोना संक्रमणबाट हालसम्म १२ जना पत्रकारले ज्यान गुमाएका छन्। देशभर सातसय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार हाल दुईसय ५० जना सक्रिय संक्रमित छन्। करिब ४० जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन्।

उनले भने,‘अहिले सम्म १२ जनाको मृत्यु भएको छ, ६ जना सिकिस्त विरामी छन। उनीहरुको आइसियूमा उपचार भैरहेको छ।’ उनका अनुसार महासंघमा बनाएको अक्सिजन सहितको पाँच बेडको आइसोलेसन अहिले खाली छ।

‘दुई जना कोरोना संक्रमित विरामी यहाँ आएर बसेका थिए,उहाँहरु ठिक भएर गइसक्नुभयाे यो। अहिले खाली छ। फेरि पाँच बेडको आइसोलेसन बनाउने तयारी बनाएका छौ’,पुरीले भने।

उनले पत्रकारहरुको उपचारमा अक्सिजनको अभाव हुन नदिन पहल गरिरहेको पनि सुनाए। ‘यो महामारीमा पनि विभिन्न सञ्चारमाध्यामले तलब नदिने,पत्रकारलाई निकाल्ने गरेका छन्,ती पत्रकारहरुलाई पुन: काममा फर्काउन, पारिश्रमिक दिनलाई पनि महासंघले पहल गरेको छ,’उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.