|

काठमाडौं : देशभर कोरोना संक्रमणले थप २ सय ३ जनाको मृत्यु भएको छ।  योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा २१ हजार ४ सय ७८ जनाको परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४ सय ६७ र ५ सय ३० जनाको  एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ। 

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुगेको छ। जसमध्ये ९८ हजार ८ सय ६९ संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ४ सय ६७ जना संस्थागत आइसोलेसनमा बसेका छन्।

मन्त्रालयका अनुसार १ हजार ३ सय ३४ जना आइसियु र ३ सय ७१ जना भेन्टिलेटरमा उपचाररत छन्। 

गत २४ घण्टामा ६ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.