|

सुर्खेत : आर्थिक अभावमा एक सातादेखि घरमै थलिएका आँखा रोगी बराहताल गाउँपालिका-८ का भक्तबहादुर कामीको उपचार डा. सन्दुक रूइतले गरिदिने भएका छन्।

आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारका लागि परिवारका सदस्यहरुले सहयोगको याचना गरेका थिए। उक्त समाचार थाहाखबर डटकममा `उपचारमा सहयोग गरिदिन अपिल शीर्षकमा समाचार शुक्रबार प्रकाशित भएको थियो। उक्त समाचार पढेपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रूइतले उपचार निःशुल्क गर्ने बताएका हुन्।

डा. रूइतले उपचार गर्ने बताएपछि बिरामी भक्तबहादुरलाई विभिन्न अभियन्ता तथा आफन्तको सहयोगमा २७ हजार रुपैयाँमा जिप रिजर्भ गरी शुक्रबार नै काठमाडौं पठाइएको स्थानीय विवश कठायतले जानकारी दिए। 

पूर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आँखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो। उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.