|

बर्दिया : कोरोना संक्रमणबाट बर्दियामा थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका–१ की ३४ वर्षीया महिला र गुलरिया नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

ठाकुरबाबाकी महिलाको शनिबार बिहान करिब ३ बजे बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। उनी पाँच महिनाको गर्भवती पनि रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जनाकारी दिए। वैशाख २२ गते कोरोना संक्रमण देखिएपछि दुई दिन अस्थायी कोभिड अस्पतालमा उपचार गराइएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई वैशाख २४ गते भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो।

यस्तै, गुलरियाका पुरुषको शनिबार बिहान पौने ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

बर्दियामा कोरोनाबाट शुक्रबार मात्र पाँचजनाको मृत्यु भएको थियो। संक्रमण तीव्र गतिमा बढिरहेको र ज्यान गुमाउने क्रम पनि बढेकाले सर्तकता अपनाउन पनि स्थानीयलाई आग्रह गरिएको छ। बर्दियामा हिजो राति सम्म लागु गरिएको निषेधाज्ञा जेठ १० गतेसम्म लम्ब्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.