अमेरिकापछि दोस्रो मुलुकलाई सफलता, भौगोलिक र भौगर्भिक अध्ययन हुने

|
तस्वीर : चाइना नेशनल स्पेश एड्मिनिष्ट्रेशन ।

चीनले अन्तरिक्ष यानबाट प्रक्षेपण गरेको जुरोङ रोभर मंगल ग्रहमा अवतरण भएको छ। यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ।

६ वटा पाङ्ग्रा भएको सो रोभर मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको जानकारी चिनियाँ अधिकारीहरूले बीबीसीलाई दिएका छन्‌।

​मंगल ग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ। रोभरमा अन्य पाँचवटा उपकरण पनि जडान गरिएको र त्यसले मंगल ग्रहमा हिउँ भए/नभएको तथा त्यहाँका ढुंगाभित्र रहेका खनिज पदार्थ परीक्षण समेत गर्नेछ।

चीनले दोस्रो प्रयासमा मंगलग्रहमा रोभर पुर्‍याउन सफल भएको हो। यसअघि सन् २०११ मा रूस र चीनले संयुक्त रूपमा गरेको यान प्रक्षेपण विफल भएको थियो। चीनअघि अमेरिकाले मात्रै मंगल ग्रहमा रोभर अवतरण गराउन सकेको छ।

यतिखेर अमेरिका र युएईले पनि मंगलग्रहतर्फ रोभर पठाएका छन्‌। ती रोभर हाल अन्तरिक्षमै छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.