|

मध्य र पूर्वी चीनमा चलेको दुईवटा आँधीबेहरीमा कम्तिमा सात व्यक्तिको ज्यान गएको छ भने २०० भन्दा धेरै मानिस घाइते भएका छन्‌।

वुहान सरकारले त्यहाँ ६ जना व्यक्तिको मृत्यु भएको र २१८ जना घाइते भएको जानकारी दिएको छ। यही शहरमा सन् २०१९ को अन्त्यतिर कोरोना भाइरसको पहिलो मामिला भेटिएको थियो।

प्रतिघण्टा ८६ किलोमिटर गतिमा चलेको आँधीबेहरीले निर्माणस्थल र रूखबिरूवामा धेरै क्षति पुर्‍याएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्‌।

​वुहानअघि जियाङ्सु प्रान्तको सेङ्‌गाजे शहरमा पनि आँधीबेहरी चलेको थियो। सो आँधीबेहरीमा एक जनाको मृत्यु र २१ जना घाइते भएका प्रान्तका अधिकारीहरूले जानकारी दिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.