|

बाँके : नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत संक्रमित बिरामी र उनीहरुका कुरुवालाई लक्षित गरी सहुलियतदरमा खाना खुवाउने कार्य सुरुवात गरेको छ। कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउने कार्य सुरु गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए।

हरेक दिन बिहान र बेलुका ३० रुपयाँमा खाना खुवाइने एमाले बाँकेले जनाएको छ।  खाना खुवाउने कार्यका लागि एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट ४ लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले १५-१५ हजार रुपैयाँ सहयोग गरेका बताइएको छ।

 अभियानमा केएल दुगड ग्रुप, नेपालगञ्ज शिक्षण अस्पताल लगायतको सहयोग रहेको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिए। अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र बैजनाथ कमिटीले व्यवस्थापन गरिरहेका छन्।

शुभारम्भमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार संविधानसभा सदस्य दलबहादुर सुनार, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल,युवा संघका महासचिव दीपक जिएम,केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदीप छाछेडलगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.