|

काठमाडाैं : स्विट्जरल्यान्डका टेनिस स्टार रोजर फेडेररले कोरोना महामारीको कारण देखाउँदै टोकियो ओलम्पिकमा आफ्नो सहभागिता कमजोर रहेको बताएका छन्। यद्यपि ओलम्पिक हुने नहुने अन्योल रहेको अबस्थामा खेलाडीको स्वास्थ्य सर्वोपरि रहेको उनले बताए।

२० पटकका ग्रान्डसलाम बिजेता फेडेररले कोरोना कहरबीच टोकियो ओलम्पिक हुने या नहुने अझै अन्योल रहेको बताए। यद्यपि आफू सहभागी हुने या नहुने निर्णय खेलाडी आफैले गर्नु पर्ने बताए।

फेडेरर आफू भने सहभागी हुने नहुने स्पष्ट नपारे पनि अबस्था यस्तै रहेमा आफू प्रतियोगिता नखेल्ने तर्फ विचार गर्न सक्ने बताए। उनले प्रतियोगिता हुने समय सम्मको अबस्था हेरेर फाइनल निर्णय गर्ने बताए।

फेडेररले २००८ को बेइजिङ ओलम्पिकमा डबल्स तर्फ स्वर्ण जितेका थिए। २०१२ को लन्डन ओलम्पिकमा उनले सिंगल तर्फ रजत पदक जितेका थिए।

फेडेररले भने ‘प्रतियोगिता हुने नहुने अन्याैल कायम छ यस्तोमा प्रतियोगिता रद्ध भए त्यसलाई स्वीकार्नु पर्छ तर देशका लागि ओलम्पिकमा पदक जित्नु भनेको साँच्चिकै गौरवपूर्ण क्षणका रुपमा रहने छ।’ ​फेडेररले थपे ‘तर यो अवस्थामा प्रतियोगिता भएपनि सहभागि हुने नहुने निर्णय गर्ने जिम्मा खेलाडीको भएको र कसैले दबाब दिनु हुँदैन्।’

जापानी नै असन्तुष्ट

प्रतियोगितालाई लिएर जापानी जनता नै असन्तुष्ट रहेका छन्। यसै वर्षको २३ जुलाई देखि ८ अगस्ट सम्म प्रतियोगिता हुने कार्यतालिका रहेको छ।यद्दपि अहिले टोकियोमा ३१ मे सम्मका लागि लकडाउन लगाइएको छ। जापानमा धेरै सर्वेक्षण भएका छन्।

जसमा ६० देखि ८० प्रतिशत सम्म जनताले ओलम्पिक रद्ध गर्नु पर्ने धारणा राख्दै आएका छन्। ओलम्पिक रद्ध गर्न माग गर्दै अदालतमा रिट समेत हालिएको छ। जसको सपोर्टमा साढे तीन लाख मानिसहरुले हस्ताक्षर गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.